काठमाडौं । कतारमा जारी फिफा विश्वकपको पहिलो रातो कार्ड वेल्सका गोलकिपर वाइन हेन्नेसीले पाएका छन्। दोहास्थित मोहम्मद बिन अली रंगशालामा जारी समूह ‘बी’अन्तर्गत इरानविरुद्धको खेलको ८५औं मिनेट उनले रातो कार्ड पाएका हुन्।
इरानी फरवार्ड अलिरेजा याहानबाकासलाई गरेको खराब फाउलका कारण ग्वान्टेमालाका रेफ्री मारियो इस्कोबारले रातो कार्ड दिएका हुन्। इस्कोबारले सुरुमा पहेँलो कार्ड देखाए पनि भिडियो रिभ्यू हेरेपछि रातो कार्ड दिएका हुन्।
चार वर्षअघि रुसमा भएको विश्वकपको पहिलो रातो कार्ड कोलम्बियाका कार्लोस सान्चेजले पाएका थिए। उनले समूह ‘एच’अन्तर्गत जापानविरुद्धको खेलको तेस्रो मिनेटमा सिज्नी कागावालाई फाउल गरेपछि रातो कार्ड पाएका थिए।
त्यसअघि २०१४ विश्वकपमा उरुग्वेका म्याक्सी परेराले कोस्टा रिकाविरुद्धको खेलमा पहिलो रातो कार्ड पाएका थिए।
प्रकाशित मितिः २०७९ मंसिर ०९ शुक्रबार
Comments