काठमाडौं । कीर्तिमान धावक इलिउड किप्चोगेले पुरुष म्याराथनमा आफ्नै विश्व कीर्तिमान भंग गरेका छन्। आइतबार बर्लिन म्याराथन जित्ने क्रममा केन्याली धावक किप्चोगेले नयाँ विश्व कीर्तिमान कायम गरे।
३७ वर्षीय किप्चोगेले निर्धारित दूरी दुई घण्टा एक मिनेट नौ सेकेन्डमा पूरा गर्दे नयाँ विश्व कीर्तिमान बनाएका हुन्। उनले यसअघि २०१८ मा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा म्याराथन पुरा गर्दै विश्व कीर्तिमान बनाएका थिए। दुई पटकका ओलम्पिक च्याम्पियन किप्चोगेले १५ औ उपाधि जितेका हुन्। उनले करिअरका १७ मध्ये १५ महत्वपूर्ण उपाधि जित्दै विश्व एथलेटिक्समा नयाँ मानक बनाएका छन्।
उनले आफ्नै नाममा रहेको विश्व कीर्तिमान भन्दा ३० सेकेन्ड अघि दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाए। उनले चार वर्षअघि बर्लिनमै सन् २०१४ मा डेनमार्कका मिमेट्टोको नाममा रहेको दुई घण्टा दुई मिनेट ५७ सेकेन्डको कीर्तिमान भङ्ग गर्दै आफ्नो विश्व कीर्तिमान बनाएका थिए।
प्रकाशित मितिः २०७९ असोज ०९ आइतबार
Comments