काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ८ हजार ५ सय ८२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको समयावधीमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो ।
यससँगै हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल सङ्क्रमितको शून्य दशमलब शून्य ६ प्रतिशत भएको जनाइएको छ । २४ घण्टाको समयावधीमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ ।
अहिले कोरोना भाइरस मुक्ति दर ९८ दशमलब ७१ प्रतिशत रहेको छ । कोरोना महामारीको कारण भारतमाा पाँच लाख २४ हजार ७५७ जना पुगेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड ४५ लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ २९ आइतबार
Comments