काठमाडौं । विश्वभर चर्चित इन्टरनेट गेम अन्तर्गत पब्जी पनि पर्छ। यो खेल हरेक समूहमा लोकप्रिय छ। यो खेल विशेषत् बन्दुकसँग सम्बन्धित छ। यहाँ दुश्मलाई खोजेर बन्दुकले परास्त गर्ने मिसन हुन्छन्। यो खेल समूहमा पनि खेल्न सकिन्छ र यो खेलको विश्व च्याम्पियन्सिप पनि हुने गर्दछ। जसबाट करोडौं कमाउन सकिन्छ।
यद्यपी यसले बालबालिका तथा किशोरावस्थाका मानिसलाई भने केही मात्रामा नकरात्मक प्रभाव पारेको देखिएको छ। हालै भारतमा पब्जी खेल्न नपाएपछि आक्रोशित एक १६ वर्षीय छोराले आफ्नै आमा साधना सिंहको गोली हानी हत्या गरेका छन्।
उनले आमाको हत्या मात्र गरेनन् आमाको शवसँगै उनी तीन दिनसम्म घरमै बसेका थिए। उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिए र घरबाट बाहिर निस्कन दिएनन्।
आमाको लाश छेउमै बसेर उनले पब्जी खेलिरहे। तर शव कुहिएपछि दुर्गन्ध फैलिन थालेपछि सेनामा कार्यरत पितालाई उनी आफैंले फोन गरेर आमाको हत्या गरेको जानकारी दिएका छन्।
पिताको जानकारीपछि गत मंगलबार राती प्रहरीले शवलाई घर बाहिर निकालिएको छ। नवीन कुमार सिंह सेनामा कार्यरत छन् र उनको पोस्टिङ वाराणसीमा छ। घरमा रहेको उनकै बन्दुक उनका छोराले प्रयोग गर्दै आमाको हत्या गरेका हुन्।
किशोरको बयान…
पब्जी खेल्न नदिएपछि आफूले आमाको हत्या गरेको ती किशोरले स्वीकार गरेका छन्। शनिबार राती २ बजे आमालाई गोली हानेको उनले स्वीकार गरेका हुन्।
यद्यपी आइतबार दिउँसो १२ बजेसम्म पनि आमा जिउँदै रहेको ती किशोरको भनाइ छ। दैनिक भास्करका अनुसार आमाको मृत्युको पर्खाइमा उनी बारम्बार ढोका खोलेर हेर्दा आमालाई तड्पिरहेको देख्थे त्यसपछि कोठामा ताला लगाउँथे ।
यो घटनाको अनुसन्धान गरिरहेका अतिरिक्त प्रहरी उपायुक्त एडीसीपी काशिम आब्दीलका अनुसार पब्जी खेल्न नपाउँदा उनी आमासँग निकै रिसाएका थिए।
प्रकाशित मितिः २०७९ जेठ २७ शुक्रबार
Comments