काठमाडौं । ओस्कार २०२२ मा चर्चित अभिनेताको उपाधि पाएका विल स्मिथले कार्यक्रम प्रस्तोता क्रिस रकलाई मुक्का हानेका छन् । जानकारीका अनुसार कार्यक्रम प्रस्तोता क्रिस रकले विल स्मिथकी श्रीमतीको कपालबारे टिप्पणी गरेका थिए जसकारण विल स्मिथ असाध्यै रिसाए ।
उनी मञ्चमा गए र क्रिसलाई जोडदार तरिकाले मुक्का हाने । क्रिस रकले फिल्म जी.आई.जेनको विषयमा विल स्मिथकी श्रीमती जेडा पिंकेट स्मिथको मजाक उडाएका थिए । उनले जेडाको तालुपनामाथि कमेन्ट गर्दै भनेका थिए, ‘जी।आई। जेन टुको प्रतीक्षा जेडाले गर्न सक्दिनन् किनभने फिल्ममा मुख्य नायिकाको लुक ‘बाल्ड’ थियो ।’
श्रीमतीको यसरी मजाक उडाएको विललाई मन परेन र उनले कार्यक्रम भइरहेकै बेला स्टेजमा गएर क्रिसलाई मुक्का हानेर आफ्नो रिस व्यक्त गरे । एजेन्सी
प्रकाशित मितिः २०७८ चैत १४ सोमबार
Comments