काठमाडौं । रुसले युक्रेनमा आक्रमण थालेको आज १२ दिन पुग्दैछ । रुसी आक्रमण रोकिने कुनै संकेत देखिएको छैन। रुसी आक्रमणको विश्वभरबाट निन्दा भइरहेको छ। अनावश्यक रुपमा युक्रेनमा आक्रमण गरेको भन्दै रुसमै राष्ट्रपति भ्लादमिर पुटिनको आलोचना भएको छ।
यस्तोमा रुसको सरकारले सरकारविरुद्ध प्रदर्शन गर्ने १३ हजार नागरिकलाई गिरफ्तार गरिसकेका छन्। उनीहरुले युद्ध रोक्नभन्दै पुटिनको आलोचना गरेका थिए। हिजो आइतबार मात्र मस्कोबाट ४६ सय प्रदर्शनकारी गिरफ्तार भएको बताइएको छ। पक्राउ पर्नेमा क्रिश्चियन पादरी जोन बर्डिन पनि छन्।
उनले कराबनोभोको गाउँमा त्यहाँका स्थानीयलाई युक्रेनमा भएको आक्रमण अपराध हो र युद्ध राम्रो होइन भन्दै उपदेश दिएका थिए। रुसले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नयाँ कानुन पनि बनाएको छ। कानुन अनुसार रुसी सेनाको विरोध गर्ने र उनीहरुको कामको खिल्ली उडाउनेलाई १५ वर्षसम्म जेल हुनसक्छ। बीबीसी
प्रकाशित मितिः २०७८ फागुन २३ सोमबार
Comments