काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले युक्रेनमा सैन्य कारबाही रोक्न रुसलाई आग्रह गरेका छन् । गुटरेसले मानवताको नाममा आफ्ना फौज फिर्ता गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका हुन् ।
“राष्ट्रपति पुटिन, मानवताको नाममा आफ्ना फौजहरू रुसमा फिर्ता ल्याउनुहोस्,” महासचिवले भने ।
“मानवताको नाममा युरोपमा यो शताब्दीको सुरुदेखिकै सबैभन्दा खराब युद्ध के हुनसक्छ भनेर सुरु हुन नदिनुहोस्,” उनले थपे, “यो द्वन्द्व ‘अहिले नै रोकिनुपर्छ ।” एजेन्सी
प्रकाशित मितिः २०७८ फागुन १२ बिहिबार
Comments