काठमाडौं । उत्तर भारतमा मंगलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो। गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो। एघार जनाको शव दुईजना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। एजेन्सी
प्रकाशित मितिः २०७८ फागुन ११ बुधबार
Comments