काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ५८ लाख ८६ हजार ८३४ जनाको मृत्यु भएको छ । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म ४२ करोड ४२ लाख ७८ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिका बनेको छ । अमेरिकामा हालसम्म कोरोनाबाट ९ लाख ३५ हजार ३३५ जनाको मृत्यु भइरकेको छ । अमेरिकापछि ब्राजिलमा हालसम्म ६ लाख ४४ हजार ५९२ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ५ लाख १२ हजार १०९ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनाबाट हाल सम्म मेक्सिकोमा ३ लाख १५ हजार ५२५, पेरुमा २ लाख ९ हजार ४६८, रुसमा ३ लाख ३८ हजार ५९५, बेलायतमा १ लाख ६१ हजार १४८, इटालीमा १ लाख ५२ हजार ९८९ र कोलम्बियामा १ लाख ३८ हजार १०६ जनाको मृत्यु भइसकेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ फागुन ११ बुधबार
Comments