काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा करिब साढे ४ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४८ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २६ करोड ६६ लाख ८१ हजार २१ पुगेको छ ।
ओर्ल्डोमिटरको पछिल्लो विवरणअुनसार हालसम्म विश्वमा २४ करोड २ लाख २१ हजार ८७२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ४ लाख ८५ हजार ८१७ जना संक्रमण मुक्त भएका छन् ।
साथै सो अवधीमा ५ हजार ६१२ जनाको मृत्यु भएको छ । अहिले सम्म ५२ लाख ७७ हजार ५७६ जनाको मृत्यु भएको छ । हाल विश्वभर सकृय संक्रमितको संख्या एक करोड २ करोड ११ लाख ८१ हजार ५७३ रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २१ मंगलबार
Comments