काठमाडौं । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा स्तरमा फैलिएको पाइएको छ । त्यहाँ एकैदिन हिजो ९० जना सङ्क्रमित भेटिएका हुन् । यीमध्ये ६४ जनामा बेलायत, २३ स्कटल्यान्ड र ३ वेल्सका रहेका छन् । बेलायतमा अब ओमिक्रोन सङ्क्रमितको सङ्ख्या ३३६ पुगेको छ ।
बेलायती संसदमा सम्बोधन गर्दै स्वास्थ्यमन्त्री साजिद जाविदले ३ सय ३६ जना ओमिक्रोनबाट सङ्क्रमित पुष्टि भइसकेको जानकारी दिए । साथै उनले बेलैमा सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नसके त्यसले भयावह अवस्था ल्याउने समेत बताएको छ ।
नयाँ सङ्क्रमित अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नभएको पनि उनले पुष्टि गरेको बीबीसीले जनाएको छ । बेलायतले ुओमिक्रोन’ नियन्त्रणका लागि केही देशमा यात्रा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध निरन्तर रहेको बेलायतका स्वास्थ्यमन्त्री जाविदले बताएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २१ मंगलबार
Comments