काठमाडौं । टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार त्यहाँ सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो ।
टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र त्यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ । त्यहाँ सोमबार मात्र उक्त सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ । त्यहाँ उक्त संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २१ मंगलबार
Comments