काठमाडौं । दक्षिण अफ्रिकामा देखा परेको कोभिडको नयाँ भेरियण्ट ’ओमिक्रोन’ अमेरिकाको १६ वटा राज्यमा देखापरेको छ । अमेरिकाको क्यालिफोर्नियामा पहिलोपटक भेटिएको ‘ओमिक्रोन’ हाल न्यूजर्सी, जर्जिया, युटह, कोलोराडो, मिजौरी, पेनसेलभेनिया, मेरिल्याण्ड, नेब्रास्का, हवाई, न्यू योर्क, मीनेसोटा, म्यासाचुसेट्स लगायतका १६ राज्यमा फैलिएको हो ।
शनिवारसम्म अमेरिकामा ३२ जनामा ओमिक्रोन संक्रमित भेटिएको सिएनएनले लेखेको छ । जोन्स हप्किन्स बिश्वबिद्यालयको एक हप्ताको तथ्याङ्क अनुसार गत शनिबारसम्म कोभिडको नयाँ संक्रमितहरूको संख्या औसतमा प्रतिदिन १ लाख २१ हजार ४ सय ३७ रहेको छ ।
त्यस्तै कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या पनि औसतमा प्रतिदिन १,६५१ जना रहेका छन् । उक्त तथ्यांकका अनुसार यो पछिल्लो दुई महिना भित्रको सर्वाधिक उच्च संख्यामा संक्रमित रहेको हप्ता बनेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २० सोमबार
Comments