काठमाडौं । एक डाक्टरले आफ्ना दुई सन्तान र श्रीमतीको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशको कानपुरमा यस्तो घटना घटेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।
प्रहरीका अनुसार डा. सुशील कुमारले आफ्ना दुई सन्तान र श्रीमतीको हत्या गरेका हुन् । उनले हत्यापश्चात आफ्ना भाइलाई प्रहरी बोलाउन म्यासेज गरेको बताइएको छ । प्रहरी त्यहाँ पुग्दा डा. सुशील भने फरार भइसकेका थिए । प्रहरीले एउटा नोट बरामद गरेको छ । जसमा लेखिएको छ- ओमिक्रोनका कारण मैले हत्या गरेँ । अब यिनीहरुको शव गन्नु पर्दैन ।
प्रहरीका अनुसार डा. सुशीलले ४८ वर्षीय श्रीमती, १८ वर्षीय छोरा र १० वर्षकी छोरीको हत्या गरेका हुन् । प्रहरीका अनुसार डा. सुशील डिप्रेशनका बिरामी हुन् ।
प्रकाशित मितिः २०७८ मंसिर १९ आइतबार
Comments