काठमाडौं । शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड १९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
सोही अवधिमा बेइजिङमा कोभिड १९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो। शहरमा खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् ।
तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन् । हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर १७ शुक्रबार
Comments