काठमाडौं । बेलायत सरकारले अर्को मोनोक्लोनल थेरापी प्रयोगको लागि अनुमति दिएको छ ।
सोट्रोभिमाब भनिने मोनोक्लोनल थेरापी कोरोना भाइरसको सङ्क्रमणबाट उच्च जोखिममा रहेकाहरूका लागि यो एकदमै उपयोगी भएको बताइएको छ । प्रारम्भिक अध्ययनका अनुसार अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि यस थेरापीले राम्रोसँग काम गर्ने बिबिसीमा उल्लेख छ ।
औषधि उत्पादन गर्ने कम्पनी ग्लैक्सोस्मिथक्लाइनले कोरोनाको गम्भीर प्रकृतिका बिरामीहरूमा यसले काम गरेको बताएको छ । ड्रिपमा दिइने औषधिले भाइरसलाई हाम्रो कोषहरूमा प्रवेश गर्न रोक्छ । क्लिनिकल परीक्षणमा, एक डोजले अस्पताल भर्ना र मृत्युको उच्च जोखिममा रहेकामा जोखिम ७९ प्रतिशतले कम गरेको देखिएको हो ।
बेलायती नियामकहरूले अनुमति दिएको यो दोस्रो मोनोक्लोनल एन्टिबडी थेरापी हो । दुवै सोट्रोभिमाब र रोनाप्रेभ, सङ्क्रमणको प्रारम्भिक चरणहरूमा लिँदा सबैभन्दा प्रभावकारी हुन्छन् । औषधि र स्वास्थ्य सेवा उत्पादन नियामक एजेन्सीले सङ्क्रमणको लक्षणहरू देखा परेको पाँच दिन भित्र औषधिको प्रयोग गर्न सिफारिस गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर १७ शुक्रबार
Comments