काठमाडौं । स्वीडेनमा माग्दालेना एन्डर्सनले प्रधानमन्त्री पदबाट राजीनामा दिएको केही दिनमै फेरि यहाँको संसद्ले उनलाई नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेको छ ।
यससँगै उनी स्वीडेनको प्रथम महिला प्रधानमन्त्री बनेकी छन् । एन्डर्सन गत साता मात्रै प्रधानमन्त्रीको रुपमा छानिएकी थिइन् । तर उनको प्रस्तावित बजेट पारित नभएपछि र गठबन्धन सरकार टुटेपछि प्रधानमन्त्री बनेको केही घण्टामै राजीनामा दिएकी थिइन् ।
सोमबार उनी दोस्रो पटक प्रधानमन्त्री बनेकी हुन् । मंगलबार उनले यहाँका राजासँग भेट गरेपछि औपचारिक रुपमा आफ्नो भूमिका सुरु गर्नेछिन् ।
३४९ सिट संख्या रहेको स्वीडेनको संसद्मा एन्डर्सनको पार्टीका १०० सांसद् छन् । एन्डर्सन भने संसद्मा १०१ मत ल्याउँदै विजयी भएकी हुन् । जवकि नयाँ प्रधानमन्त्री चयनका लागि भएको मतदानमा ७५ सांसद् अनुपस्थित थिए । उनले अब प्रधानमन्त्रीको पदबाट स्टेफन लोफभेनलाई विस्थापित गर्नेछिन् । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर १४ मंगलबार
Comments