काठमाडौं । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरू कैयौँ घाइते भएका छन् । सो आक्रमणबाट २५२ जना बन्दी भागेको बताइएको छ । अधिकारीहरूले आइतवार राति यहाँको जोस नामक शहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दूकधारीहरूले हमला गरेका थिए ।
उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरू २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुका अनुसार सो हमला कसले ग¥यो भन्ने बारेमा केही खुल्न सकेको छैन ।
कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुन सक्ने अनुमान गरिएको छ । पहिले पनि यहाँका जेलहरूमा यसरी नै पटक(पटक हमला हुने गर्दथ्यो ।
यहाँका कारागारसम्बन्धी निकायका अधिकारीहरूले आक्रमणकारीहरूको खोजी जारी रहेको बताएका छन् । उनीहरूले जेलबाट भागेकाहरूको पनि खोजी कार्य प्रहरीले शुरू गरेको बताएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर १४ मंगलबार
Comments