काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाका नयाँ संक्रमितको दर कम भए पनि थप एक साताका लागि लकडाउन अवधि बढाइएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज मे ३१ बिहानसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् ।
अप्रिल १८ देखि दिल्लीमा सुरु भएको लकडाउन मे २४ मा समाप्त हुँदै थियो । मुख्यमन्त्री केजरीवालले संक्रमित घट्ने सिलसिला जारी रहे र स्थितिमा सुधार आए मे ३१ पछि लकडाउन हटाउने प्रक्रिया सुरु गर्ने बताएका छन् ।
योसँगै दिल्लीमा पाँचौ पटक लकडाउन थपिएको छ ।
प्रकाशित मितिः २०७८ जेठ ९ आइतबार
Comments