काठमाडौं । ममता बेनर्जी तेस्रोपटक भारत पश्चिम बंगालको मुख्यमन्त्री बनेकी छन्। उनले बुधबार राज्यपाल जगदीप धनखडबाट मुख्यमन्त्रीको शपथ लिएकी हुन्।
हाल ममता भारतकी एक मात्र महिला मुख्यमन्त्री हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत ममता बेनर्जीलाई फेरि पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन्।
कोरोना भाइरसको संक्रमणका कारण शपथ ग्रहण समारोह निकै सीमित गरिएको हो।
यसैबिच चुनावको नतिजा आएपछि भएको हिंसामा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको भन्दै सबैभन्दा ठूलो विपक्षी दल बनेको भारतीय जनता पार्टी (भाजपा) ले देशभर धर्ना गरेको छ। एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख २२ बुधबार
Comments