काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु हुँदैछ।
चैत ४ र ५ गतेको लागि तय भएको भेलाका लागि जिल्लास्तरबाट मंगलबारदेखि नै नेताहरू काठमाडौं आइसकेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अध्यक्ष र महासचिव बाहेक सम्पूर्ण पदाधिकारी खारेज गरेपछि खनाल-नेपाल समूहले भेला गर्न लागेको हो।
यसअघि एमाले पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल पक्षबीच भएको छलफलमासमेत नेपाल पक्षले पदाधिकारी खारेजीको निर्णय फिर्ता लिन आग्रह गरेको थियो।
भेलाका लागि भीम आचार्यले प्रदेश १, घनश्याम भुसालले प्रदेश २, अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश, सुरेन्द्र पाण्डेले गण्डकी प्रदेश, युवराज ज्ञवालीले लुम्बिनी र कर्णाली प्रदेश तथा भीम रावलले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन्।
प्रकाशित मितिः २०७७ चैत्र ४ बुधबार
Comments