काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच पेरिसडाँडामा छलफल शुरू भएको छ । नयाँ सत्ता समीकरणबारे छलफल चलिरहेको बताइएको छ ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू र जसपा नेताहरू महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ उपस्थित छन् । यसअघि जसपाले नेकपा एमाले र नेपाली कांग्रेससँग पनि छलफल गरिसकेको छ ।
प्रकाशित मितिः २०७७ फागुन २९ शनिबार
Comments