काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा साविकको माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता थपिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले बादलसहित माओवादीबाट आएका २३ जना नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरेको हो।
बैठकले एमाले प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएको छ। निर्णयानुसार माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतस् केन्द्रीय सदस्य भएका छन् । यससँगै एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय पुगेको छ।
प्रकाशित मितिः २०७७ फागुन २८ शुक्रबार
Comments