काठमाडौं । सत्ता समिकरणको लागि आज नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल हुँदैछ । सरकारसँग कार्यदल नै बनाएर छलफल अघि बढाएको जसपाले कांग्रेसँग पनि छलफल गर्न लागेको हो ।
जसपाको छलफल अघि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज शुक्रबार दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘दिउँसो ३ बजे पार्टीको पदाधिकारी बैठक बस्दैछ । बैठकमा शीर्ष नेताहरू हुनुहुन्छु उनले भने । कांग्रेसले अहिलेको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागेको बताएको छ । जसपाका नेताहरु दिउँसो ४ बजे कांग्रेस नेता भेट्न जाँदैछन् ।
प्रकाशित मितिः २०७७ फागुन २८ शुक्रबार
Comments