भक्तपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता जोगाउन सांसद किनबेचमा लागेको आरोप लगाएको छ । भक्तपुरमा आज आयोजित श्रद्धान्जली सभा बोल्दै केन्द्रीय सदस्य पौडेलले नेपालको राजनितिमा नैतिकताको खडेरी परेको भन्दै ओलीले बहुमतका लागि सांसद किनबेचमा लागेको आरोप लगाएको हो ।
उनले २०५१/५२ सालमा जस्तै प्रधानमन्त्री ओलीले सांसद किनबेचको फोहोरी राजनीति नगर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले गरेको फोहोरी राजनीतिक खेलको अब कांग्रेसले सफा गर्ने उनकोे भनाई छ । उनले नेपाली कांग्रेसले सत्ता मोह त्यागेर पार्टीको महाधिवेशनमा ध्यान केन्द्रीत गर्नुपर्ने बताउँदै जुनसुकै हालतमा पनि पार्टीको महाधिवेशन गर्नुपर्ने बताए ।
आन्तरिक प्रतिस्पर्धा स्वस्छ बनाएर महाधिवेशन गर्ने त्यसपछि भने देशको चुनाव गरेर नेतृत्व लिन तर्फ कांग्रेस लाग्नु पर्ने नेता पौडेलले बताएका छन् । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, बागमती प्रदेशका सांसद कृष्णलाल भडेल, भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवन खत्री, नेपाली कांग्रेस भक्तपुरका पूर्वसभापति महेश श्रेष्ठलगायतले स्व। प्रविण बुढाथोकीप्रति शोक व्यक्त गर्दै उनको योगदान पनि चर्चा गरेका थिए ।
प्रकाशित मितिः २०७७ फागुन २६ बुधबार
Comments