काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बोर्ड फेरिएको छ । पार्टी एकिकरणपछि राखिएको नेकपाको बोर्ड हटाउँदै बुधवार माओवादी केन्द्रको बोर्ड राखिएको हो ।
नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत रुपमा फर्किएका छन् । यससँगै मंगलवार एमालेले धुम्बाराहीस्थित मुख्यालयमा नेकपाको बोर्ड हटाउँदै एमालेको बोर्ड राखेको छ ।
पार्टी एकिकरण हुनुपूर्व पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो । पार्टी एकतापछि उक्त कार्यालयलाई जनवर्गीय संगठनहरुको कार्यालय बनाइएको थियो ।
सर्वोच्चको फैसलाले एकता भंग भएसँगै देशभरका नेकपा कार्यालयहरुमा एमाले र माओवादी केन्द्रको बोर्ड राख्ने होडबाजी चलेको छ ।
प्रकाशित मितिः २०७७ फागुन २६ बुधबार
Comments