काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ३ गतेसम्मका स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । गत असारयता बिभिन्न समयमा निधन भएका सांसदहरुप्रति शोक प्रस्ताव पारित भएपछि एक मिनेट मौन धारण गरेर सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगितको घोषणा गरेका थिए ।
संसद सचिवालयले यसअघि राखेको ७ अध्यादेश पेश हुने कार्यसूची हटाएको थियो । शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।
प्रकाशित मितिः २०७७ फागुन २६ बुधबार
Comments