काठमाडौं, ४ माघ । संयुक्त अरब इमिरेट्स (युएइ)को तीनदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । शनिबार युएइ गएका प्रधानमन्त्री दाहालले हिजो दशौं विश्व ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका थिए ।
युएइमा रहँदा उनले प्रवासी नेपालीको समस्या समाधानका लागि पहल गर्ने बताएका थिए । उनले युएइसँग आपसी हितका विषयमा कुराकानी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
0
Share.
Comments