काठमाडौं । आज थिमी नगरपालिका को चौंथो नगरसभा नीति तथा कार्यक्रम बिना नै उद्घाटन गरिएको छ । काँग्रेस जनप्रतिनिधिको बहुमत रहेको नपामा प्रमुख र उपप्रमुख बीचको नीति तथा कार्यक्रम निर्माण र बजेट बाँडफाँडमा बिवाद उत्पन्न भएपछि आज औपचारिक उद्घाटनमा मात्र नगरसभा सिमित भएको हो ।
नगरसभाको उद्घाटन गर्दे नगर प्रमुख मदनसुन्दर श्रेष्ठले भने, आजको उद्घाटन सभामा सबै जनप्रतिनीधि उपस्थित हुने प्रतिबद्धता जनाएता पनि राजनीतिक चलखेलकै कारण काँग्रेस बाट निर्वाचित उपप्रमुख लगायत झन्डै डेढ दर्जन जनप्रतिनिधि उपस्थित नभएपछि आज नीति तथा कार्यक्रम प्रस्तुत नगरिएको बताए । उनले भने,’नीति तथा कार्यक्रम र बजेटको सबै खाका तयारी अवस्थामा रहेको भन्दै सहमति र सहकार्यताबाट नै सबै प्रक्रियालाई पूर्णता दिन लागि परेको बताए । सहमतिका लागि बसेको वार्तामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले स्वविवेकको प्रयोग भन्दा पनि पार्टीको निर्देशनमा लादिन खोजेपछि सहमतीले तत्कालै पूर्णता पाउन नसकेको उनले बताए ।
त्यस्तै कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले नेकपाले मध्यपुर थिमिमा काँग्रेसमा देखिएको गुट उपगुट भन्दा पनि एकिकृत काँग्रेस सँग समन्वय गरि समस्या हल गर्ने तर्फ लागेको बताए । त्यस्तै नेपाल मजदुर किसान पार्टीको पूर्व जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ मध्यपुर थिमि नपामा देखिने निरन्तर बिवादले सबैलाई लज्जीत बनाएको भन्दै यस नपामा काँग्रेसको दुई गुटलाई भिडाएर प्रमुखले लाभ लिन लागिपरेको आरोप लगाए । उनले भने काँग्रेसको शक्तिलाई जुधाएर त्यसबाट लड्डु खाने दाउमा अल्मतमा रहेका प्रमुख लागि परेका छन् । मथिनपाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठले थिमि नगरपालिकाम बहुमत हुँदा होस् वा अल्मतमा हुँदा सदैब बिवादको घेराले निरन्तरता पाएको भन्दै उनले सहमती र सहकार्यबाट मात्र समस्याको समाधान र मथि नपाको बिकास सम्भव भएकाले सबैले यसतर्फ ध्यान दिनु पर्नेमा जोड दिए ।
मध्यपुर थिमि नपाको जनप्रतिनिधि एवं नेपाली काँग्रेसका युवा नेता हरिदास प्रजापतीले सञ्चारकर्मीसँग कुरा गर्दै भने , बिकास निर्माणको काममा बजेट बिनियोजन गर्दा बिवाद सामान्य बिषय भएको बताउँछन् । वडा अध्यक्षहरुले आफ्नो वडामा बढि बजेटको बिनियोजन गर्ने प्रयास गर्नु सकारात्मक भएता पनि नपाको प्रमुखले खेल्नु पर्ने भूमिका अपुग हुँदा यस्तो समस्या दोहोरिएको बताए । उनले भने नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधको मागलाई पूर्णरुपमा सम्बोधन नगरिए नीति तथा कार्यक्रम प्रस्तुत हुन नदिनुका साथै बजेटले समेत पूर्णता नपाउने बताए ।
प्रकाशित मितिः२०७७ असार १० बुधबार
Comments