काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् ।गत महिना जनवरी ३० मा भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो ।
तीन दशकदेखि भारतीय विदेश सेवामा रहेका क्वात्रासँग यसअघि संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्स लगायतका मुलुकमा काम गरेको अनुभव छ ।
त्यसैले पनि उनलाई अनुभवी र चतुर कूटनीतिज्ञका रुपमा समेत लिने गरिन्छ । शालिन कूटनीतिको छवि बनाएका पूर्वराजदूत मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गरेको हो ।
क्वात्राले यसअघि २००६ देखि २०१० सम्म नेपालस्थित सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त व्युरो प्रमुखका रुपमा प्रतिनिधित्व गरेका थिए ।
प्रकाशित मितिः २०७६ फागुन १८ आइतबार
Comments