काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुनःप्रत्यारोपण बुधबार गरिने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पछाडि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना हुने बताए ।
श्रेष्ठले भने, “बुधबार प्रधानमन्त्रीको मिर्गौला पुनःप्रत्यारोपण हुनेछ, त्यसका लागि सोमबार नै अस्पताल भर्ना हुनु हुनेछ ।” आइतबार बसेको सचिवालय बैठकले पुनःप्रत्यारोपणको कामना गरेको प्रवक्ता श्रेष्ठले बताए ।
पुनःप्रत्यारोपणको तयारी ९९ प्रतिशत पूरा भइसकेको उनले बताए । १२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौला काम नगरिए पछि प्रधानमन्त्री ओली नियमित डायलासिस गराउँदै आएका छन् ।
प्रकाशित मितिः २०७६ फागुन १८ आइतबार
Comments