काठमाडौं । सञ्चार मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले नाफा हुने व्यापारमा राज्यले जसरी पनि कर लिने बताएका छन् । किताब बिक्रीमा कर लगाइएको भन्दै देशमा सरकारप्रति असन्तुष्टि बढेका बेला खतिवडाले व्यापारमा कर लाग्नु नौलो कुरा नभएको बताएका हुन् ।
बिहीवार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा भने, ‘धेरै मुलुकमा १८ प्रतिशत सम्म मूल्य अभिवृद्धि कर लिन्छन् ।’
उनले मुलुकमा अर्बौं रूपैयाँको लगानीमा प्रेस स्थापना गरिएको बताउँदै भने, ‘उनीहरूले आयात गर्ने कागजमा पनि १५ प्रतिशत कर तिर्नुपर्छ, करै नतिरी आउने पुस्तकसँग उनीहरूले प्रतिस्पर्धा गरेका हुन्छन् । त्यसैले पुस्तकमा कर लगाउने भनिएको हो ।’
प्रकाशित मितिः २०७६ फागुन १५ बिहीबार
Comments