काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा उनी घाइते भएका छन् । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानसंग ठोकीएको थियो ।
उनको बर्दिबासस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
प्रकाशित मितिः २०७६ फागुन १५ बिहीबार
Comments