काठमाडौं । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कृष्णबहादुर महराको अन्तिम सुनुवाइ हुँदैछ ।
सरकारी वकिलहरुको बहस सकिए पछि महरा पक्षका वकिलहरुले बहस गरिरहेका छन् । महरा पक्षका वकिलहरुको समेत बहस अन्तिम चरणमा पुगेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
बलात्कार प्रयासको आरोप लागेपछि गएको १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महराले उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि जिल्ला अदालतकै आदेशलाई सदर भएको थियो ।
पूर्व सभामुख महराका पक्षका वकिलहरुको बहस सकिए लगत्तै फैसला हुने अदालतले जनाएको छ । संभवतः आजै फैसला हुन सक्ने बताइएको छ ।
प्रकाशित मितिः २०७६ फागुन ४ आइतबार
Comments