भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले नेमकिपालइ अधिनायकवादी पार्टी भनेको भनाई प्रति कटाक्ष ब्यक्त गरेका छन् ।
भक्तपुर नगरपालिकाको पाँचौं नगर परिषद्को उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले सरकारले ल्याएको गुठी विधेयक सरकारले नै फिर्ता लिएपछि राजीनामा दिनुपर्ने अवस्थाका बारे संसदमा प्रेम सुवाले दिएको अभिब्यक्तिको समेत टिप्पणी गरेर्दै सुवालको भाषागत त्रुटि बारे प्रष्टाएका थिए । संसदमा सुवालले गरको राजीनामाको मागलाई लिएर केही दिन अघि भक्तपुरको एक कार्यक्रममा नेता नेपालले कार्यकर्तालाई अधिनायकवादी संस्कार दिइरहेको आरोप लगाएका भनाईलाई समेत बिजुक्छेंले स्पष्ट पारेका थिए ।
केही दिनअघि संसदमा प्रेम सुवालले बेलायतमा जस्तै प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने अव्स्थालाई बुझाउन नसक्दा नेता नेपालले भक्तपुरमा आएर नेमकिपालाई अधिनायकवाद तर्फ उन्मुख भएको अरोप लगएको बिजुक्छेंले बताए । नेमकिपाका सांसद सुवालको भनाइलाई मध्यनजर गर्दैं बिजुक्छले भने राजीनामा माग सत्य भएता पनि भाषागत मेल उदाहरण दिँदा ठ्याक्कै किटान नर्गदा नेपालले यस्तो आरोप लगाएका हुन सक्छन् । सुवालको संदमा बोल्दा भाषागत सजगता अपनाउन समते बिजुक्छेंले सुझाव दिए ।
सरकारमा सामेल दलका शिर्ष नेताहरु माधव नेपाले र झलनाथ खनाले संसदमा गुठी बिधेयकको बिरोध गर्नु पर्ने तर संसदमा भन्दा बाहिर गएर जसरी बिरोध गरे त्यसलाई आधार मान्ने हो भने उनीहरुलाई पार्टीले कारवाही गर्नु पर्ने हो तर सत्ता बचाउकै लागि नेकपाले यसो नगरेको बिजुक्छेंको आरोप छ ।
कार्यक्रममा सांसद प्रेम सुवालले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने धम्की दिएको हल्ला सुन्नमा आएको बताए । परिषद्मा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आ.व.२०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रकाशित मितिः २०७६ असार ९ सोमबार
Comments