काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । पूर्व-निर्धारित कार्यतालिका अनुसार सचिवालय बैठक शुक्रबार बसेको थियो । त्यस्तै संसदीय दलको बैठक पनि बसिसकेको छ । इलाममा भएको उपनिर्वाचनमा पार्टीले जमानत समेत गुमाएपछि रास्वपाले बैठक बोलाएको हो ।
बैठकमा समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए । केन्द्रीय समिति बैठकको कार्यसूची सचिवालय बैठकले बनाइसकेको छ । बैठकले उपनिर्वाचनमा चौथो स्थानमा खुम्चिएकाले पार्टीभित्र कमी कमजोरी भएको निष्कर्ष निकालिएको थियो ।
कमजोरीहरू पहिल्याउनका लागि देशभर भ्रमण गरी अध्ययन प्रतिवेदन पेस गर्न महामन्त्री ढकाललाई जिम्मेवारी दिने निर्णय गरिएको छ । महामन्त्री ढकाल सहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गर्नेछन् । ढकालले पेस गरेको प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने छ ।
रास्वपाले सहरी क्षेत्रबाट मत बढाउने नेताहरूको अपेक्षा थियो । सहरी क्षेत्रमा मत सोचेअनुसारको मत नआउनुमा अन्य दलले चलाएको अनर्गल प्रचारले काम गरेको बैठकको निचोड छ ।
प्रकाशित मितिः २०८१ बैशाख २९ शनिबार
Comments