काठमाडौं । प्रतिनिधि सभाको बैठक अझै शुरु हुन सकेको छैन । दिउँसो २ बजेदेखि बैठक बस्ने भनिए पनि डेढ घण्टा ढिला हुँदा पनि प्रतिनिधि सभा बैठक बस्न नसकेको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक नसकिएकाले प्रतिनिधि सभा बैठक सुरु हुन विलम्ब भएको हो ।
आजदेखि बजेट अघिवेशन शुरु हुँदै गर्दा सत्तागठबन्धन र प्रतिपक्ष दलहरुबीच तालमेल नमिल्दा बैठकमा ढिलाइ भएको बताइएको छ । राष्ट्रिय सभाको बैठक भने सुरु भइसकेको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
Comments