काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
Comments