काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । आइतबारदेखि नै काठमाडौंमा सुरू भएको तेस्रो लगानी सम्मेलन सुरु भएको छ । त्यही दिन सकारात्मक सन्देश दिने गरी लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि जारी भएको हो ।
प्रकाशित मितिः २०८१ बैशाख १६ आइतबार
Comments