काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । दुईदिने नेपाल भ्रमणको सिलसिलामा उनी मंगलबार काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीभीआईपी)मा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । स्वागत गरेपछि राष्ट्रपति पौडेल शीतलनिवास फर्किएका थिए ।
त्यसपछि विमानस्थलबाट कतारका अमिर अल थानी सिधैँ राष्ट्रपतिसँग शीतलनिवास गएका हुन् । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
राष्ट्रपतिसँग भेटवार्ता सकेपछि कतारका अमिर शीतल निवासबाट सिधैँ आफू बस्ने होटेल सोल्टी जानेछन् । राष्ट्रपति पौडेलले आजै साँझ होटेल सोल्टीमा कतारका अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।
प्रकाशित मितिः २०८१ बैशाख ११ मंगलबार
Comments