काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएको छ । नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले आज बिहान काठमाडौंमा गरेको कार्यक्रममा उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको बताए ।
कसैका धाकधम्की, गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको अध्यक्ष नेपालको भनाइ छ । वर्तमान सत्ता गठबन्धनमा सहजता महसुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने उनले आशङ्का व्यक्त गरेका छन् ।
प्रकाशित मितिः २०८१ बैशाख १० सोमबार
Comments