काठमाडौं । नवनियुक्त महालेखा परीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः २०८१ बैशाख ०६ बिहिबार
Comments