काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन सरेको छ । बुधबार पार्टी मुख्यालय आलोकनगर काठमाडौंमा बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
यसअघि आउँदो जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन अब असार १६ देखि २० गते काठमाडौंमा हुने उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।
“आन्तरिक तयारि नपुगेको, जिल्ला कमिटीहरूको अनुरोधबमोजिम महाधिवेशन सार्ने निर्णय गरेका हौँ,” उनले भने ।
प्रकाशित मितिः २०८१ बैशाख ०५ बुधबार
Comments