काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलनको दोस्रो दिन आज विधान मस्यौदामाथि समूहगत छलफलको निश्कर्ष पेश गरिदै छ । प्रस्तावित विधानमाथि जारी समूहत छलफलबाट आएका निश्कर्ष पार्टी समक्ष पेश गरिने भएको हो ।
मंगलबार नै समूहगत छलफल शुरु गरिएकोमा आज थप छलफल गरी निष्कर्ष पेश गरिने प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । विधान मस्यौदामाथि छलफल गर्न २० वटा समूह बनाइएको छ । सापकोटाका अनुसार समूहगत छलफलका लागि दिउँसो १ बजेसम्मको समय दिइएको छ ।
एक समूहमा ५० देखि ५५ जना सहभागी छन् । २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरूप दिइने तयारी गरिएको छ । बिहीबारसम्म चल्ने सम्मेलनमा एक हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारी सहभागी छन् ।
पार्टीका नेतृत्वदेखि तल्लो कमिटीले दिएको सुझावमा सम्मेलनमा छलफल गरी निर्णय गरिने सापकोटाले बताए । विधानसँगै नियमावलीसमेत बनाउनेबारे छलफल भइरहेको छ । विधानमा केन्द्रीय कमिटीको आकार सानो र चुस्त बनाउने विषयदेखि सिद्धान्तसम्मका विषयमा नेताहरुले छलफल गरिरहेका छन् ।
प्रकाशित मितिः २०८० फागुन ०२ बुधबार
Comments