काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले काठमाडौं मेडिकल कलेजले गरेका डा. विशद दाहालको तत्काल निलम्बन फुकुवा गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौं विश्वविद्यालयलाई राईले लेखेको पत्रमा मन्त्री राईले ‘डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न गराउन काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १३क उपदफा (३) बमोजिम निर्देशन दिएको छु,’ उल्लेख गरेका छन् ।
मन्त्री राईले डा. दाहालको निलम्बन स्थगित गरिएको भनि विश्वविद्यालयले कलेजलाई पठाएको पत्रको समेत कार्यान्वयन नभएको उल्लेख गरेका छन् । उनले चिकित्सा शिक्षा आयोगबाट उल्लेखित नीतिगत सुधारका मापदण्ड र काठमाडौं विश्वविद्यालयबाट स्वीकृत हेल्थ क्याम्प र फिल्ड भिजिटसम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र स्वास्थ्य शिविरमा विद्यार्थीहरूलाई खाटाउन पनि निर्देशन दिएका छन् ।
यसअघि केएमसीलाई सहमतिका लागि आज १२ बजेसम्म समय दिएको थियो । केएमसीले सहमति नगरेपछि शिक्षामन्त्रीले केयूलाई निर्देशन दिएका हुन् ।
प्रकाशित मितिः २०८० पौष २४ मंगलबार
Comments