काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश राजाले नभई जनताले बचाउने बताएका छन् । अहिले दलहरूले देश बिगारेको भन्दै राजावादीहरूले राजतन्त्रको वकालत गरिरहेका बेला ओलीले राजाले नभई देश जनताले बचाउने बताएका हुन् ।
ओली सोमबार कांग्रेसले आयोजना गरेको मेलमिलाप दिवसको कार्यक्रममा बोलिरहेका थिए । उनले सिक्किमको उदाहरण दिएर राजावादीहरूलाई प्रश्न गरे । उनले भने, ‘सिक्किममा राजा थिए, स्वतन्त्र देश थियो । राजा हुँदा देश बच्दो रहेछ ? देश बचाउने राजाले कि जनताले हो ?’ सिक्किमा राजतन्त्र रहेका बेला त्यहाँ भएको संविधानसभाको चुनावमार्फत सिक्किलाई भारतमा बिलय गराइएको थियो ।
ओलीले राजतन्त्र फेरि आउन नदिनेसमेत उद्घोष गरे । उनले भने, ‘हाम्रो कपाल त्यतिकै फुलेको छैन । हामी राजतन्त्र आउन दिदैनौँ । तानाशाह सिस्टम ल्याउन दिदैनौँ यो देशमा ।’
प्रकाशित मितिः २०८० पौष १६ सोमबार
Comments