काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आज संसदीय सुनुवाइ हुँदैछ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशद्वय पोखरेल र ढकालको सुनुवाइ गर्दैछ ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।
प्रकाशित मितिः २०८० पौष ०२ सोमबार
Comments