विराटनगर । कोशी प्रदेश सरकारले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्री परिषदको बैठकले सरकारको तर्फबाट भुकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुर्याउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो।
प्राकृतिक प्रकोप तथा अन्य मानवीय व्यवस्थापनका क्षेत्रमा कोशी प्रदेश सरकारबाट आवश्यक समन्वय तथा सहकार्य निरन्तर रुपमा भई रहने प्रदेश सरकारले जनाएको छ।
प्रकाशित मितिः २०८० कार्तिक १८ शनिबार
Comments