काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै यादवले संविधान निर्माणमा स्वर्गीय नेम्वाङले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै आकस्मिक निधनको खबरले स्तब्ध भएको बताएका छन् । उनले मृत आत्मको चिर शान्तिको कामना गर्दै शोकाकुल प्रतिवारप्रति समवेदना प्रकट गरेका छन् ।
इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङको गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शिक्षण अस्पतालबाट एमाले मुख्यालय च्यासलमा ल्याइएको छ । नेम्वाङको भोलि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
प्रकाशित मितिः २०८० भदौ २६ सोमबार
Comments