काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले श्रीलंकाको अवस्था देखाएर आएका नीतिले अर्थतन्त्र सुस्त भएको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘नाडा अटो सो २०२३’ को उद्घाटन समारोहमा बोल्दै उनले नियामक निकायको कठोर नीतिले अर्थतन्त्रमा समस्या निम्त्याएको बताए ।
“नियामक निकायले हाम्रो सुझाव नसुन्दा अर्थतन्त्रमा यो अवस्था आयो । निजी क्षेत्रले सधैँ फाइदा मात्र खोज्छन् भन्ने मनस्थितिले समस्या निम्त्यायो,” उनले भने, “हाम्रा सुझाव अर्थतन्त्र सुधारका लागि थिए । अर्थ मन्त्रालय र नियामक निकायको तलमेल नमिल्दा पनि समस्या निम्तिएको हो ।”
अटो मोबाइल सेक्टरले राज्यलाई दिने राजस्व कम हुँदा पनि राजस्व लक्ष्य पूरा नभएको उनको भनाइ छ ।
प्रकाशित मितिः २०८० भदौ २६ सोमबार
Comments